विज्ञापन खुलेको तीन वर्षपछि उपप्रध्यापकको परीक्षा लिँदै त्रिवि सेवा आयोग

काठमाडौं— त्रिभुवन विश्वविद्यालयको लामो समयदेखि स्थगित उपप्रध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ।
त्रिवि सेवा आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो।
प्रथम चरणमा चिकित्सा शास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने सेवा आयोगले सूचना जारी गरेको छ।
अन्य संस्थान र सङ्कायसँग सम्बन्धित विषयको परीक्षा तालिका प्रकाशित गरिने आयोगले जनाएको छ। तालिका आयोगको वेबसाइटमा प्रकाशित हुनेछ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १०:२०













