News Griha :: न्यूजगृह
प्रधानमन्त्री भन्छन्– भेटेरभन्दा म्यासेन्जरमा बधाइ दिनु उत्तम 

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रत्यक्ष भेटेर बधाइ दिन नआउन शुभेच्छुकहरुलाई आग्रह गरेका छन्।

ओलीले सामाजिक सञ्जालमा बुधबार बिहान भनेका छन्, ‘शुभ प्रभात, विभिन्न माध्यमबाट शुभकामना र बधाइका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म  म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्छु।’

गत सोमबार ४५औँ प्रधानमन्त्री बनेका ओलीलाई शुभेच्छुकहरू बधाइ दिन बालुवाटार पुगेका छन्। मङ्गलबार दिनभर पनि उनी बधाई थाप्नै व्यस्त रहे। 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०७:४२
Weather Update