News Griha :: न्यूजगृह
चार निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

काठमाडौं— विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन्।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

बीएस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति अशोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिवबहादुर खड्कालाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ।

त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कालोसूचीमा राखिएको छ।

काठमाडौंको मस्टा जेबीडी कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

kalosuchi-1721179139.PNG

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०७:२७
Weather Update