लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दाबी पेश गरिँदै

दाङ— लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेश गरिँदै छ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि रिक्त लुम्बिनी सरकारको नेतृत्वका लागि दाबी पेश गरिन लागिएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिए अनुसार दलहरूले दाबी पेश गर्न लागेका हुन् ।
नयाँ सरकारका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० ०६:५७













