News Griha :: न्यूजगृह
सिंहदरबार पुगेर ओलीले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं— नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। 

सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर ओलीले पदभार ग्रहण गरेका हुन्। 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथग्रहणपछि ओली शहीद पार्क लैनचौर पुगेका थिए। त्यसपछि एमालेका मन्त्रीहरु लिएर पार्टी मुख्यालय च्यासल पुगेका ओली त्यहाँबाट फर्किएर पदभार ग्रहण गरेका हुन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आजै २२ सदस्यीय मन्त्रिमण्डल समेत गठन गरेका छन्। अहिले सरकारमा ४ दल सहभागी रहेका छन्।

यो प्रधानमन्त्रीका रुपमा ओलीको चौथोँ कार्यकाल हो। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:४१
Weather Update