मतगणना केहीबेरमा
उपराष्ट्रपति निर्वाचन मतदान सकियो

काठमाडौं— उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।
उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
मतगणना केहीबेरमा सुरू हुनेछ । साँझ ६ बजेसम्म नतिजा सार्वजनिक भइसक्ने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ १५:३८













