News Griha :: न्यूजगृह
शपथग्रहणपछि बधाई थाप्न एमाले मन्त्री च्यासलमा, कांग्रेसका सानेपा 
तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओली शपथग्रहणपछि पार्टी मुख्यालय च्यासल पुगेका छन्। 

शीतल निवासमा शपथग्रहण समारोह सकिएपछि एमालेका मन्त्रीहरु लिएर पार्टी कार्यालय च्यासल पुगेका हुन्। अहिले पार्टी कार्यालयमा बधाई दिनेहरुको भीड लागेको छ। 

त्यस्तै नेपाली कांग्रेसबाट सरकारमा सामेल मन्त्रीहरु पनि कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्। 

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहसहित मन्त्रीहरु सानेपा पुगेर कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको फोटोमा माल्यार्पण गरेका छन्। 
सानेपामा पनि मन्त्रीहरुलाई बधाई दिन ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ।  

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:४५
Weather Update