News Griha :: न्यूजगृह
खादामाला नलगाउने नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलको घोषणा 

काठमाडौं— नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले फूलमाला तथा खादा लगाउन अस्वीकार गरेका छन्। 

सोमबार राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेपछि कार्यभार सम्हाल्न मन्त्रालय पुगेका थिए। 

कर्मचारीहरुले नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलको स्वागतका लागि फूलमाला र खादा लिएर बसेका थिए। तर उनले आफूले काम गरेर नदेखाउँदासम्म फूलमाला र खादामा अल्झिने भन्दै अस्वीकार गरेका हुन्। 

विद्यार्थी राजनीतिबाट उदाएका मन्त्री यादव पहिलोपटक मन्त्री बनेका हुन्। गत निर्वाचनमा उनले काठमाडौं क्षेत्र नं ५ बाट एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका थिए। उनी पहिलोपटक सांसद बन्दै पहिलोपटक मन्त्री बनेका हुन्।  

त्यस्तै  पदभार ग्रहणसँगै उनले २ निर्णय गरेका छन्। क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे। साथै स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे।

आफूले एक महिनाभित्र सरकारी अस्पतालहरुमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताए।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:०३
Weather Update