News Griha :: न्यूजगृह
सरकारमा ४ दल सहभागी, यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिमण्डल

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथग्रहण गरेका छन्। 

आइतबार प्रधानमन्त्री भएका ओलीले २ उपप्रधानमन्त्री नियुक्त गरेका छन्। त्यस्तै १९ मन्त्रीसहित ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ।  

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओली नेतृत्वको सरकारमा हाल चार दल सहभागी भएका छन्। 

नेकपा एमाले, नेपाली कांग्रेस, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा सरकारमा सहभागी रहेका छन्। 

अन्य दलहरु जनमत, राप्रपा, नागरिक उन्मुक्ति लगायतका दलहरु भने पर्ख र हेरको अवस्थामा रहेका छन्।  

यस्तो छ ओली नेतृत्वको मन्त्रिमण्डलः 

केपी शर्मा ओलीः प्रधानमन्त्री

प्रकाशमान सिंहः उपप्रधान एवं शहरी विकासमन्त्री

विष्णु पौडेलः उपप्रधान एवं अर्थमन्त्री 

पृथ्वी सुब्बा गुरुङः सञ्चारमन्त्री

रमेश लेखकः गृहमन्त्री

शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा

डा. आरजु देउवाः परराष्ट्रमन्त्री

प्रदीप यादवः खानेपानीमन्त्री

बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री

दामोदर भण्डारीः उद्योग मन्त्री

नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री

देवेन्द्र दाहालः भौतिक पूर्वाधारमनत्री

तेजुलाल चौधरीः युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेलः स्वास्थ्य तथा जनसंख्यामन्त्री

अजय चौरसियाः कानूनमन्त्री

बद्रीप्रसाद पाण्डेः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारीः कृषिमन्त्री

विद्या भट्टराईः शिक्षामन्त्री

मानवीर राईः रक्षामन्त्री

दिपक खड्काः उर्जा

राजकुमार गुप्ताः संघीय व्यवस्थामन्त्री

ऐनबहादुर शाही ठकुरीः बनमन्त्री

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:४७
Weather Update