News Griha :: न्यूजगृह
ओली सरकारको पहिलो वरियतामा प्रकाशमान

काठमाडौं— नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथग्रहण गरेका छन्। 

आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले सोमबार २१ मन्त्रीहरुको समेत नियुक्त गरेका छन्।  

जसअनुसार ओली नेतृत्वको सरकारमा २ उपप्रधानमन्त्री बनेका छन्। नेपाली कांग्रेसका प्रकाशमान सिंह उपप्रधान एवं शहरी विकासमन्त्री बनेका छन्। उनी ओलीपछिको मन्त्रीहरुको पहिलो अर्थात् सरकारको दोस्रो वरियतामा परेका हुन्। 

त्यस्तै एमालेका विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बनेका छन्, उनी सरकारको तेस्रो वरियतामा परेका हुन्। 

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरुले शपथग्रहण गरेका छन्। 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:३४
Weather Update