ओलीको शपथग्रहण समारोहमा गएनन् माधव नेपाल

काठमाडौं— पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नवनियुक्त प्रधानमन्त्री केपी शर्र्मा ओलीको शपथग्रहण समारोह बहिस्कार गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको शपथग्रहण सम्पन्न भएको छ।
उक्त समारोहमा पूर्व प्रधानमन्त्रीको हैसियतमा नेपाललाई बोलाइए पनि उनी त्यहाँ नगएका हुन्।
सो समारोहमा सहभागि हुन पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई पुगेका थिए।
यता नेपालको सचिवालयले भने काम विशेषले बाहिर रहेका कारण शपथग्रहण समारोहमा उपस्थित नभएको जनाएको छ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १२:२१