प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री ओलीले एक समारोहकाबीच शपथग्रहण गरेका हुन्।
संविधानको धारा ८० बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
सो समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभामा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थित रहेका थिए।
त्यस्तै आजै प्रधानमन्त्री ओलीले सरकारमा सहभागि मन्त्रीहरुको शपथग्रहण गराउने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ ११:५३