News Griha :: न्यूजगृह
नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई 

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। 

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। 

मोदीले दुई देशबीचको सम्बन्धलाइृ थप प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। आजै ओलीले शपथ लिँदैछन्। 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ११:४२
Weather Update