शेखर–गगन समूहले टुंग्यायो तीन मन्त्रीको नाम, स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल

काठमाडौं— नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् शेखर–गगन समूहले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ।
कांग्रेस नेता शेखर कोइरालाको सचिवालयमा बसेको उक्त समूहको बैठकले तीन जनाको नाम टुंगो लगाएको हो।
जसमा सांसदहरु प्रदीप पौडेल, बद्री पाण्डे र रामनाथ अधिकारी रहेका छन्।
जसअनुसार पौडेलले स्वास्थ्य तथा जनसंख्या, पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्ने तय भएको हो।
केहीबेरमा शपथग्रहण हुँदैछ। बिहान ११ बजेका लागि शपथग्रहणको समारोह तोकिए पनि अहिलेसम्म हुन सकेको छैन। राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको तयारी गरिएको हो।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ ११:२६