लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बन्ने

काठमाडौं— महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।
जसअनुसार लोसपाले शरदसिंह भण्डारीलाई सरकारमा पठाउने भएको हो। लोसपाको भागमा परेको श्रम मन्त्रालयको जिम्मेवारी भण्डारीलाई दिन लागिएको हो।
लोसपामा हाल ४ सांसद रहेका छन्। त्यसो त यसअघि पनि उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री रहेका थिए। गत फागुनमा प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएसँगै उनी गत फागुनमा मन्त्रीबाट हटेका थिए।
आज नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्र्दैछन्। ओलीको शपथग्रहणसँगै एमाले, कांग्रेस, लोसपा र जसपाका मन्त्रीहरुले पनि शपथग्रहण गर्न लागेका हुन्।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १०:५९