News Griha :: न्यूजगृह
जसपाले टुंगो लगायो मन्त्रीको नाम 
फाइल तस्बिर

काठमाडौं— अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सामेल मन्त्रीहरुको नाम टुंगो लगाएको छ। 

आज बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवकिशोर साह सुडीलाई सरकारमा पठाउने निर्णय गरेको हो। 

जसअनुसार यादव खानेपानी मन्त्री बन्नेछन् भने सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने तय भएको हो। यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री रहेका थिए। 

आजै ११ बजे नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गर्दैछन्। ओलीको शपथग्रहणपछि आजै मन्त्रीहरुले समेत शपथग्रहण गर्ने कार्यसूची रहेको छ। ओली चौथो कार्यकालका लागि आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:४०
Weather Update