काठमाडौं— सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा ३ बजेका लागि बोलाइएको छ।
सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ ०७:१२