News Griha :: न्यूजगृह
कांग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम, को–को परे? 
कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेसले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीको नाम नाम टुङ्गो लगाएको छ।

कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन्। उनको मन्त्रलाय टुङ्गो लागेको छैन। 

गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्रमा आरजु राणा, वन वा कानुन मन्त्रालयमा अजय चौरसिया र शहरी विकासमा किशोरसिंह राठौरको नाम तय भएको सभापति शेरबहादुर देउवा निकट स्राेतले बतायो। यी सबै संस्थापन समूहका हुन्।

यस्तै शेखर—गगन समूहबाट मन्त्री बन्ने चार जनामा स्वास्थ्यमा प्रदीप पौडेल, पर्यटनमा रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम तय भएको छ। थानी र चौधरीको मन्त्रलाय टुङ्गो लागेको छैन। 

एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भइसकेका छन्। उनले सोमबार शपथ लिँदैछन्।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २१:४६
Weather Update