News Griha :: न्यूजगृह
ओली प्रधानमन्त्री नियुक्त 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  प्रधानमन्त्रीमा नियुक्त भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। 

शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका थिए। आज साँझ ५ बजेसम्मका लागि समय दिइएकोमा ओलीको मात्रै दाबी परेपछि उनलाई नियुक्त गरिएको हो। 

नेपाली कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए। 

नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण भने भोलि बिहान ११ बजे मात्रै हुनेछ। राष्ट्रपति कार्यालयले भोलि बिहान ११ बजे शपथग्रहण हुने भन्दै साढे १० बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगिसक्न सांसदहरुलाई निमन्त्रणा पठाएको छ। 

यसअघि नै ओली तीनपटक प्रधानमन्त्री भइसकेका छन्। यो ओलीको चौथो कार्यकाल हो। 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:३८
Weather Update