-1710756574.jpg)
काठमाडौं— आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्रीले विश्वासको मतका लागि संसद्मा राखेको प्रस्तावबारे अहिले संसद्मा छलफल जारी रहेको छ।
कांग्रेस–एमाले लगायतका दलहरुले गरेको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिँदैन।
असार १७ गते राति कांग्रेस र एमालेले नयाँ समीकरण अनुसारको सरकार बनाएर जाने सहमति गरेसँगै सरकारमा सहभागिताका विषयमा समेत चर्चा चल्न थालेको छ। दुवै दलहरुले सरकारमा पठाउने सांसदहरुको नामबारे छलफल अघि सारेका छन्। भने दुवै दलबाट मन्त्री बन्न इच्छुकहरुले आ–आफ्नो लबिङ गरिरहेका छन्। केही नेताहरु मन्त्री बन्ने सूचीमा परेको चर्चा चल्न थालेको छ।
ती मध्ये एक हुन् नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक। उनलाई गृहमन्त्री बनाउने चर्चा चल्न थालेको छ।
त्यसो त आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै वर्तमान गृहमन्त्री रवि लामिछानेले उनलाई अग्रीम शुभकामना दिए।
साथै उनले आफूलाई केही नगरेको भनेर आलोचना लेखकले गरेको भन्दै अब गृहमन्त्री बनेर राम्रो काम गर्न सुझाव दिए।
उनले बालमन्दिरको जग्गा, टिकापुरको जग्गा प्रकरण लगायत अन्य प्रकरणको फाइल खोलेर देखाउन चुनौती समेत दिए।