News Griha :: न्यूजगृह
रविको टिप्पणीः कांग्रेस र एमालेबीचको सहमतिलाई राष्ट्रिय सहमति मान्न सकिँदैन

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मध्यरातमा कांग्रेस र एमालेले गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने दाबी गरेका छन्। 

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै केही दलका नेताहरुले रातरात गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने दाबी गरे। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका प्रस्तावमाथिको छलफलमा सहभागि हुँदै सो कुरा बताएका हुन्। 

‘एमाले र कांग्रेसका नेताहरुबीच गरेको सहमति जनताका लागि भएको सहमति होइन। कांग्रेस–एमालेबीचको सहमति राष्ट्रिय सहमति होइन, मान्न सकिँदैन। त्यो केवल सहमति मात्रै हो,’ उनले भने। 

त्यस्तै आफूले वर्तमान प्रधानमन्त्री प्रचण्डले आफूलाई काम गर्न दिएकोमा धन्यवाद व्यक्त गरे। साथै सरकारले सुशासनको काम गरिरहेको देखेर अहिलेको सरकार ढालिएको समेत  टिप्पणी गरे। त्यसैगरी आफूले विभिन्न काण्डका फाइलहरु खुल्न थालेपछि कांग्रेस एमालेका नेताहरु पर्ने शंका लागेर सत्ता परिवर्तन भएको दाबी गरे। 

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १५:१५
Weather Update