News Griha :: न्यूजगृह
प्रचण्डलाई एमालेको प्रश्नः आज तपाईंका लागि हतियार बोक्ने युवा कहाँ छन्, हेक्का छ?

काठमाडौं— नेकपा एमालेले नयाँ सरकार बनाउने दुई दलको सहमति आम जनताको सहमति भएको स्पष्ट पारेको छ। 

आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमालेले सो कुरा स्पष्ट पारेको हो। 

त्यसअघि बोलेका प्रधानमन्त्री प्रचण्डले युवा, दलित र महिलाको अधिकार अब बन्ने एमाले–कांग्रेसले च्यात्न खोजेको बताएका थिए। 

त्यसबारे टिप्पणी गर्दै एमालेका तर्र्फबाट बोलेका सांसद योगेशकुमार भट्टराईले सशस्त्र द्धन्द्धमा आफूलाई साथ दिने युवाहरु कहाँ पुगे भन्दै प्रश्न गरे। 

‘तपाईंका लागि हतियार बोकेका रोल्पाका मगर कता छन्? तपाईंका लागि आज हतियार बोकेका ती तमाम दलित युवा कहाँ छन्?,’ उनले भने।  

त्यस्तै ०७२ सालमा निर्माण भएको संविधानको पश्चगमन नभइ अग्रगमन भएको बताए।

यसैगरी आगामी दिनमा संविधान संशोधन लगायतका मुद्दामा आफूहरुले माओवादीलाई समेत सँगै लैजान खोजेको बताए। साथै सरकारबाट बाहिरिँदै गर्दा अब अर्को क्रान्ति गर्ने सपना नदेख्न समेत चेतावनी दिए।  

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:२३
Weather Update