News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत मागेका हुन्। 

२०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि नै चार पटक विश्वासको मत लिइसकेका छन्। 

पछिल्लोपटक सत्ता सहयात्री दल नेकपा एमाले लगायतका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्। 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी बाहेक अन्य दलहरुले उनलाई विश्वासको मत नदिने घोषणा गरिसकेका छन्। 

जसको कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था देखिँदैन। 

यता नेकपा एमाले र नेपाली कांग्रेसले गत असार १७ गते राति मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया सम्पन्न भइसकेपछि आजै एमालेको नेतृत्वमा सरकार गठनको काम अघि बढाउने तयारी रहेको छ। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:२३
Weather Update