News Griha :: न्यूजगृह
जाँदाजाँदै प्रचण्डको प्रश्नः महिलाको ५० प्रतिशत सुनिश्चित हुने गरी संविधान संशोधन गर्न तयार हो? 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा महिलाको ५० प्रतिशत सुनिश्चितता हुने गरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन्। 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको नयाँ समीकरणले संविधान संशोधन गर्न खोजेप्रति टिप्पणी गर्दै उनले सो कुरा बताए। 

बैठकलाई सम्बोधन गर्दै उनले राज्यका हरेक निकायमा महिलाहरुलाई ५० प्रतिशत सुनिश्चित हुनेगरी संविधान संशोधनको प्रस्ताव गर्दैै त्यसका लागि तयार हो? भन्दै प्रश्न गरे।   

‘संविधान संशोधन नै गर्ने हो भने यो संसद्मा मेरो अर्र्को प्रस्ताव छ, आधा आकाश भाषणमा मात्रै नगरौँ। प्रतिनिधित्व नै सुनिश्चित गरौँ। हामी पुरुषहरुले के लछारेका छौँ र महिलाहरुलाई अविश्वास गर्ने? राज्यका हरेक तहमा महिलाको ५० प्रतिशत सुनिश्चित हुने गरी संविधान संशोधन गरौँ,’ उनले भने। 

त्यस्तै महिला र अल्पसंख्यकलाई समानुपातिक प्रतिनिधित्वका आधारमा राष्ट्रिय सभामा लैजाने कांग्रेस–एमालेको योजनाले महिलालाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेको टिप्पणी गरे। 

त्यस्तै अब बन्न लागेको कांग्रेस–एमालेलाई धोकाधडी नगरी सरकार आगामी यात्रा तय गर्न आग्रह गरे। 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:१८
Weather Update