-1719299184.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकारबाट बाहिरिँदै गर्दा आफूले अघि सारेका जनप्रिय कामहरु नहटाउन चेतावनी दिएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा संसद्लाई सम्बोधन गर्र्दै प्रधानमन्त्रीले त्यस्तो चेतावनी दिएका हुन्।
आफूसँग बदला लिन आफूले अघि सारेका महिला, दलित र घाइतेहरुको लागि अघि सारेको अघिकारलाई नहटोस् भन्दै चेतावनी दिए।
‘मसँग बदला लिने नाममा। प्रचण्डसँग बदला लिने नाममा दलित, महिलाहरुको पक्षमा घाइतेहरुको पक्षमा रहेका अधिकारहरु नच्यातियोस्,’ प्रधानमन्त्री प्रचण्डले भने।
त्यस्तै आफू नेतृत्वको सरकारले सुशासनको काम धेरै अघि बढाएको समेत दाबी गरे। साथै आफू नेतृत्वको सरकारले लिएको नीतिका कारण नै देशले आर्थिक वृद्धि हासिल गर्न सम्भव रहेको प्रधानमन्त्री प्रचण्डको दाबी रहेको छ।
बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले आफैँ नमिलेको कसैले बाहिरबाट मिलाइदिएको समेत टिप्पणी गरे।