News Griha :: न्यूजगृह
रौतहटमा जन्ती बोकेको जीप नहरमा खस्यो, २ जनाको मृत्यु

रौतहट— रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको जीप नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौं घर भएका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर बस्ने रबिन्द्र पण्डितका छोरी वर्ष ७ की श्वेता रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रामेश्वर त्वातीका अनुसार गढिमाई ६ सिङगारमन स्थित भित्री सडकखण्ड धर्मपुर नहरमा धनहारी गाँउबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बर प्लेटको जीप शुक्रबार बिहान ९ बजे अनियन्त्रित भई नहरमा पल्टिएको थियो। 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:४१
Weather Update