News Griha :: न्यूजगृह
बीपी र मदन भण्डारी राजमार्ग अवरुद्ध
फाइल तस्बिर।

सिन्धुली— लगातारको वर्षापछि खसेको पहिरो र बाढीले बीपी र मदन भण्डारी राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ।

बीपी राजमार्गको नेपालथोक–धुलिखेलखण्ड अन्तर्गत काभ्रेको माम्ती खोला बाढीले बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका हाक्पारामा पहिरो खसेर खस्दा यातायात अवरुद्ध भएको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।

दुवै राजमार्गको अवरोध हटाउने प्रयास भइरहेको छ। गोलन्जोर गाउँपालिका-६ अक्करे भीर र फिक्कल गाउँपालिका-२ सुम्नामबेंसीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:१२
Weather Update