News Griha :: न्यूजगृह
उपराष्ट्रपति चुनाव: रास्वपाको भोट ममतालाई 

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, नयाँ बावेश्वरमा अहिले मतदान भइरहेको छ । संसद भवनमा मतदान जारी रहदा रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । छलफलमा सहभागि एक सांसदका अनुसार झालाई मत दिने समझदारी भएको छ ।

उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १३:४९
Weather Update