News Griha :: न्यूजगृह
बागमती प्रदेश : हिउँदे अधिवेशन अन्त्य

मकवानपुर— बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार अपराह्न बसेको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । 

यस्तै, बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसैगरी बैठकले युवा वैैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १७:२६
Weather Update