प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ।
बैठक संसद् भवन नयाँबानेश्वरमा अपरान्ह ४ बजे बोलाइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ ०७:०५