देउवा र ओलीबीच बूढानीलकण्ठमा छलफल

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बुधबार साँझ देउवा निवास बूढानीलकण्ठमा उनीहरूबीच भेटवार्ता भएको हो।
कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गर्ने सहमति भएसँगै भावी रणनीति तय गर्न ओली र देउवाबीच छलफल भएको स्रोतले बतायो। स्रोतका अनुसार उनीहरुबीच करिब दुई घण्टा कुराकानी भएको हो।
दुई नेताको भेटमा अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन सांसदहरूको हस्ताक्षर, मन्त्रिपरिषद्को गठन, सरकारमा सहभागी हुन चाहने अन्य राजनीतिक दललाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको बुझिएको छ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ २१:१७