News Griha :: न्यूजगृह
राप्रपाले बोलायो संसदीय दलको बैठक 

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ। 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार बिहीबार दिउँसो (भोलि) २ बजेका लागि बैठक बोलाइएको हो। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ।  साथै अन्य विषयमा समेत छलफल हुने उनले जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसद्बाट विश्वासको मत लिँदैछन्। एमाले लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:२०
Weather Update