News Griha :: न्यूजगृह
नाउपाले पनि लियो सरकारलाई दिएको समर्थन फिर्ता 

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

आज बसेको नाउपाको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विश्वासको मत समेत नदिने निर्णय गरेको हो। 

सो विषयमा छलफलका लागि संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षता बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। 

यसअघिकी संसदीय दलका नेता रञ्जिता श्रेष्ठ संसदीय दलको नेताबाट हटेसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो। हाल नाउपामा ४ सांसद रहेका छन्। जसमा रञ्जिता श्रेष्ठसहित गङ्गा चौधरी, लालवीर चौधरी र अरुण चौधरी रहेका छन्। 
आजको बैठकमा रञ्जिता बाहेक सबै सांसद उपस्थित रहेका थिए। 

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिँदैछन्। तर विश्वासको मत लिने दिनसम्म उनलाई समर्थन गर्ने दलको संख्या समेत घट्दै गइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:४९
Weather Update