News Griha :: न्यूजगृह
समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुसँग बालुवाटारमा प्रचण्डको छलफल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी घटक समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ। 

केहीबेरअघि प्रचण्डको बोलावटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल  बालुवाटार पुगेका हुन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव समेत बालुवाटार पुगेका हुन्। अहिले नेताहरुबीच बालुवाटारमा छलफल जारी रहेको छ। 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिँदैछन्। सोही विषयमा छलफलका लागि प्रचण्डले नेताहरुलाई बालुवाटार बोलाएका हुन्। 

एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएमा एमाले–कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:४४
Weather Update