News Griha :: न्यूजगृह
जनमत पार्टीले केन्द्रीय सचिवसहित ७ नेतालाई गर्‍यो निलम्बन  

काठमाडौं— डा. सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिवसहित ७ नेताहरुलाई निलम्बन गरेको छ। 

असार २० गते बसेको जनमत पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकको सिफारिसको आधारमा ७ जनालाई ३ महिनाका लागि निलम्बन गरेको हो। 

जसमा पार्टी सचिव विशेश्वरप्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिराहाको मर्चैया नपाका सचिव कृष्णचन्द्र साह, मिर्चैयाकै विद्यार्थी संघका पूर्व अध्यक्ष रहेका छन्। त्यस्तै पार्टीको साधारण सदस्य रहेका धिरज कामती, त्यस्तै मिर्चैयाको वडाका प्रत्याशी रहेकी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगरसचिव दिप नारायण यादव रहेका छन्। 

त्यस्तै निलम्बनप्रश्चात पार्टी गतिविधिमा सुधार देखाउने वा नदेखाउने कुराले निलम्बन फुकुवा हुने वा थप कारबाही हुने निक्र्यौल हुने समेत बताइएको छ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:५०
Weather Update