News Griha :: न्यूजगृह
राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाइदै

काठमाडौं- निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।
राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ०५:५१
Weather Update