News Griha :: न्यूजगृह
 पहिरोले घर पुरिँदा कास्कीमा एक युवकको मृत्यु
घटनास्थल। तस्बिरः समाजिक सञ्जाल

काठमाडौं— कास्कीको पोखरा महानगरपालिका–२७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा २२ वर्षीय छोरा भिमबहादुर थापा छन्। 

जिल्ला प्रहरी कार्यालय कास्कीले उनको आमा कमलालाई भने सकुशल उद्धार गरेको जनाएको छ। 

बुधबार बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए। इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरूलाई ७ बजेतिर उद्धार गरेको हो।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:३७
Weather Update