ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं— ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।
बुधबार बिहान १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरोमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ ०६:२१













