News Griha :: न्यूजगृह
चट्याङ लागेर बाँकेमा दुईको मृत्यु, एक जना घाइते

बाँके— बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। अर्की एक महिला घाइते छिन्। 

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। 

मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय छन्। गम्भीर घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको हो। चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते छिन्। उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २१:२५
Weather Update