इटहरीमा टेङ्गा खोलाको बाँध फुटेर बस्तीमा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

इटहरी— सुनसरीको इटहरी उपमहानगरपालिका–८ गोइसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ ।
बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
लगातारको वर्षाले खोलाहरूको बहाव बढेकाले किनारमा रहेका स्थानीयलाई सुरक्षित र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ २०:२४













