News Griha :: न्यूजगृह
नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा १५ दिन बन्द हुने

काठमाडौं— पृथ्वी राजमार्ग अन्तर्गत पर्ने नौबिसे–मलेखु सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ। 

निर्माण पक्षले एक सूचना जारी गर्दै उक्त सडकखण्ड अन्तर्गतका विभिन्न खोलाहरुमा ग्रिडर लन्चिङ गर्न लागेको भन्दै असार २६ गते बुधबारबाट साउन ९ गते बुधबारसम्म उक्त खण्ड बन्द गर्न लागिएको जनाएको छ। 

राति १० बजेबाट बिहान ३ बजेसम्म उक्त सडकखण्ड बन्द हुने भएकाले वैकल्कि मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साथै एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी लगायत अत्यावश्यक सवारी भने सञ्चालन हुने निर्माण पक्षले जनाएको छ। 

नौबिसे–मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाँगडुँग खोला, खेस्टे खोला र खहरे खोला पुलको ग्रिडर लन्चिङ गर्न लागिएको जनाइएको छ। 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:०४
Weather Update