News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई बर्तौलाको व्यंग्यः तिम्ले पराई ठानेपछि पराई हुन के भयो र...

काठमाडौं— नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निरन्तरतको धोकाका कारण कांग्रेस–एमाले मिल्न परेको स्पष्ट पारेका छन्। 

सोमबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले मुलुकलाई स्थिरतातिर लैजान दुई मुख्य दल मिलेको बताए।  

त्यस्तै गत निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले कहिले कांग्रेस त कहिले एमालेलाई धोका दिएको भन्दै गायिका अञ्जु पन्तको तिमिले पराई ठानेपछि.. भन्ने गीत स्मरण गराउँदै व्यंग्य गरे। 

‘म सम्माननीय प्रधानमन्त्रीलाई एउटा गीत स्मरण गराउन चाहन्छु। तिमिले पराई ठानेपछि पराई हुन के भयो र, तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र?,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूसँग सँगै बसौँ, सरकारलाई स्थिर तबरले अघि बढाउन नेकपा एमाले चाहन्थ्यो। तर सरकारका प्रधानमन्त्री सदैव सँगै रहने र अर्को दाउपेचलाई सँगै जोडिरहने। त्यस किसिमको दुषित खेल, उहाँको चुलबुले स्वभावको मारमा हामी सधैँ पर्ने भयौँ।’ 

त्यस्तै नयाँ समीकरण अनुसार एमाले र कांग्रेसबीच बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिमकै हुने जिकिर गरे। उनले यसअघिको प्रतिनिधि सभा र विभिन्न प्रदेशको नजिरको उदाहरण दिँदै अब संविधानको धारा ७६(२) बमोजिम सरकार बन्न कुनै बाधा नरहेको समेत स्पष्ट पारे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:३७
Weather Update