News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई एमाले सांसदको सुझाव– उडायो सपना सबै हुरीले भन्ने गीत गाएर बस्नू
फाइल।

काठमाडौं— नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गायक मुरलीधरको उडायो सपना सबै हुरीले भन्ने गीत गाउन सुझाव दिएका छन्।

देश प्राकृतिक विपत्तिमा परिरहेको बेलामा घोर अल्पमतमा पुग्दा पनि सरकार नछाडेको भन्दै उनले यस्तो सुझाव दिएका हुन्। 

यसअघि नेकपा एमालेका मन्त्रीहरूले बालुवाटारमा राजीनामा बुझाउन जाँदा प्रधानमन्त्री प्रचण्डले फत्तेमानराज भण्डारीको ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले बोलको गीत गाएका थिए।

उक्त विषयको प्रसङ्ग उप्काउँदै गैरेले भने, ‘सरकार घोर अल्पमतमा परेको छ, यस्तो पनि हुँदो रहेछ कहिले कहिले? भन्दै गीत गाएर बसेको छ। बरु, उडायो सबै सपना हुरीले भन्ने गीत गाए हुने नि।’

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुला गरिदिन आग्रह गरेका हुन्। 

‘सरकारको कुरा के गर्नु, मैले बेला बेलामा पढ्दै आएको रोम जलिरहेको बेला निरोले बाँसुरी बजाएर बसेको जस्तै, सरकार घोर अल्पमतमा परेको तर बाँसुरी बजाएर बसिरहेको छ,’ उनले भने।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:५१
Weather Update