News Griha :: न्यूजगृह
एमालेले बोलायो सचिवालय बैठक
फाइल।

काठमाडौं— नेकपा एमालेले मङ्गलबार सचिवालय बैठक बोलाएको छ।

केन्द्रीय कार्यालय च्यासलमा मङ्गलबार मध्यान्ह १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा भीष्म अधिकारीले बताए।

नेपाली कांग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ।

आइतबार प्रतिनिधिसभा बैठक अघि एमालेको संसदीय दलको बैठक बसेको थियो।

दलको बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:२०
Weather Update