News Griha :: न्यूजगृह
उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छः रिजाल

काठमाडौं— नेता मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाई चरित्र र गतिशीलता पुनःस्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन । १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेस बिजयी नभएपछि नेता रिजालले पार्टीको चरित्र र गतिशीलता पुनःस्थापित गर्नुपर्ने सन्देश जनाएका हुन ।

‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताको लागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’ 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:१७
Weather Update