News Griha :: न्यूजगृह
एमाले र कांग्रेसले मागे सुदूरपश्चिमका मुख्यमन्त्रीको राजीनामा 

काठमाडौं— नेकपा एमाले र नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको राजीनामा माग गरेका छन्। 

केन्द्रमा नयाँ समीकरण अनुसार सरकार बन्ने भएसँगै एमाले र कांग्रेसले एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका सोडारीको राजीनामा माग गरेका हुन्। 

आइतबार कांग्रेस संसदीय दलका नेता कमलबहादुुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा मागेका हुन्। 

असार २० गते शुक्रबार एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै मुख्यमन्त्री अल्पमतमा परेको भन्दै राजीनामा माग गरेका गरिएको हो। 

‘...तसर्थ मुख्यमन्त्री पदबाट राजीनामा दिइ अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्न सबै विज्ञप्तिमार्फत् मुख्यमन्त्री सोडारीलाई अनुरोध गर्दछौँ। साथै बहुमत गुमाइसकेको अल्पमतको सरकारले दैनिक कामकाज बाहेक अन्य कुनै पनि कार्यहरु सम्पादन नगर्न नगराउन समेत आग्रह गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:३६
समसामयिक
Weather Update