News Griha :: न्यूजगृह
राष्ट्रपति चुनावमा पुनः उठ्ने बाइडेनको घोषणा

न्युयोर्क— अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । बाइडेनले दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन् ।

उनले लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । उनको भिडिओ सन्देशमा दोस्रो कार्यकालमा पहिलो कार्यकालमा सुरु गरिएका कामले पूर्णता पाउने उल्लेख छ ।

यसअघि डोनाल्ड ट्रम्पलाई पराजित गर्दै उनी राष्ट्रपति भएका थिए । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्वराष्ट्रपति ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अमेरिकामा एउटै व्यक्ति दुईपटकसम्म राष्ट्रपति हुन पाउने कानुनी प्रावधान छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १०:०५
Weather Update