
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आफूमाथि चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिएको बताएका छन् ।
बुधबार लामिछानेले सामाजिक सञ्जालकम भनेका छन्, ‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ ।’
लामिछानेले व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दल र तिनका कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।
लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारलाई सदा साथमै लिएर चितवन–२ का नागरिकको आकांक्षा पूरा गर्न सक्रिय रहने प्रतिबद्धता जनाउँदै उनले जनप्रतिनिधिको रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने उल्लेख गरेका छन् ।
उनले कतै पनि बधाई कार्यक्रम नराखिदिन अनुरोध गरेका छन् । चितवन–२ मा आइतबार भएको उपनिर्वाचनमा उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।













