News Griha :: न्यूजगृह
किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिलाई मतदान
तस्बिरः रासस

काठमाडौं — गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् ।

‘पार्टीको आग्रह र आफ्नो मतदाताले आफूप्रति गरेको भरोसाका लागि मत दिन आएको हुँ’ मतदानअघि प्रदेश सांसद बरालले पत्रकारहरुसित भने ।


उनी गत चुनावमा कास्की ३ (ख) बाट निर्वाचित भएका थिए । उनको बुवाको निधन भएको आठ दिन भएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १२:३४
Weather Update