संसद्
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने, प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठनका लागि सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावको समर्थन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका लागि सदनमा प्रस्ताव गर्ने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८० ०७:१०













